पोखरामा थप दुई संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पोखरामा थप दुई संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप दुई संक्रमितको मूत्यु भएको छ । पोखरामा होम आइसोलेसनमा बसेकी एक संक्रमित वृद्धासहित दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं –७ की वृद्धा र पोखरा महानगरपालिका वडा नं– १४ का एक पुरुष रहेका छन् । वडा नं ७ का ७९ वर्षीय बृद्धा होम आइसोलेसनमा रहेको अवस्थामा आज बिहान निधन भएको हो । उनमा यहि बैशाख ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी निर्देशनालयको अनुसार पोखरा महानगरपालिका वडा नं– १४ का ४३ वर्षीय पुरूषको हिजो बेलुका ७ः३० बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । उनमा बैशाख ७ गते गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);