कास्कीमा ५ सहित गण्डकी प्रदेशमा ८ संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कास्कीमा ५ सहित गण्डकी प्रदेशमा ८ संक्रमितको मृत्यु

पोखरा । आइतबार कास्कीमा ५ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १६ का ७७ बर्षीय पुरूष र ७३ बर्षीय महिला रहेकी छन । ७७ वर्षीय पुरुषको हिजो होम आईसोलेसनमा मृत्यु भएको छ भने ७३ वर्षीय महिलाको मेडिलस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नं २६ की ५८ वर्षीय महिलाको हिजो मनिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने पोखरा महानगरपालिका वडा नं १० कोरोना संक्रमित महिलाको पनि हिजो उपचारको क्रममा मेडिलस अस्पतालमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं १९ का ५४ वर्षीय पुरुषको पनि आज बिहान उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा १ र ९ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै अन्य जिल्लाका मृत्यु हुनेमा पर्वत जिल्ला, कुश्मा नगरपालिका-५ की ७३ वर्षीय महिला ,दाङ जिल्ला राप्ती गाउँ पालिका-५ का ४३ वर्षीय पुरुष र रूपेन्देही जिल्ला बुटबल उपमहानगरपालिका-३ का ७५ वर्षीय पुरुष रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);