पार्किङ गरी राखेको कारमा तीन जना बालक मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पार्किङ गरी राखेको कारमा तीन जना बालक मृत अवस्थामा फेला

दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको कारमा तीन जना बालक मृत अवस्थामा फेला परेका छन् । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र शनिवार साँझ तीनजना बालक मृत फेला परेका हुन् ।

मृत फेला परेका बालकहरु तुलसीपुर–६ बरुवागाउँका भिमबहादुर परियारका ९ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका ७ वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण रहेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बैशाख १६ गते कार्यालयमा दुईजना बालक हराएको भन्ने निवेदन परेको थियो । यसैबीच प्रहरीले उक्त कारका धनी र चालकलाई नियन्त्रमा लिएर अनुसन्धान समेत सुरु गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);