पर्सामा चार दिनदेखि हराएका १० वर्षीय बालक मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्सा, १७ मंसिर। पर्सामा चार दिनदेखि वेपत्ता एक १० वर्षीय बालक मृत फेला परेका छन्। बहुदरमाई नगरपालिका वडा नम्बर दुईका सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमार मृत फेला परेका हुन्।

पर्सा प्रहरीले सुमितको शव गएराति पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पारेको हो। हत्या गरी शव कहीँ लुकाएर राखिएको र शनिवार साँझ पोखरीको डिलमा फालिएको स्थानीयले बताएका छन्।

बालकको परिवारले वेपत्ता भएकै दिन मंसिर १३ गते प्रहरीमा उजुरी दिँदा बेवास्ता गरेको उनको परिवारले आरोप लगाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);