कास्कीका एकसहित गण्डकी प्रदेशमा थप चार संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कास्कीका एकसहित गण्डकी प्रदेशमा थप चार संक्रमितको मृत्यु

पोखरा । कास्कीका एकसहित गण्डकी प्रदेशमा थप चार संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय पुरुष रहेका छन् । उनको होम आईसोलेसनमा हिजो मृत्यु भएको र हिजो नै संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पर्वत जिल्लाकै कूश्मा वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको हिजोनै मृत्यु भएको छ। उनमा पनि हिजै संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यसैगरी अर्का मृत्यु हुनेमा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १ का ६० वर्षीय महिलाको पनि हिजो उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २५ का ६५ वर्षीय पुरूषको पनि मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा मृत्युहुनेको कुल संख्या दुई सय ४५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);