Our Network

कार्तिक ८ २०७८, सोमबार

दाङमा कोरोनाबाट थप एकको मृत्यु

दाङ । दाङमा थप एक कोरोना संक्रिमतको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ का ६२ वर्षीय पुरुष रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीले जनाएको छ । उनको शुक्रवार राति ११ : ०५ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनी बैशाख १ गतेदेखि अस्पतालमा आइसीयुमा भर्ना भएका थिए । उनलाई निमोनियासंगै कोरोना पुष्टि भएको अस्पताल व्यवस्थापक वलीले जानकारी दिए । उनीसंगै हाल सम्म अस्पताल भर्ना भएका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply