बारामा २५ जना भन्दा बढीको भेला हुन नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बारामा २५ जना भन्दा बढीको भेला हुन नपाइने

बारा । कोरोना महामारी बढ्दै गएको अवस्थामा बारामा बिवाह पार्टी ब्रतबन्ध लगायतमा २५ जना भन्दा बढीको सहभागिता नहुन जिल्ला प्रशासन कार्यालय बाराले जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृतद्वारा हस्ताक्षर गरिएको सूचनामा जिल्लाका विभिन्न भागमा विवाह, न्वारान , पास्नी , व्रतबन्ध , धार्मिक अनुष्ठान , मलामी लगायतका अत्यावश्यक धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पच्चीस जना भन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ ।

खुला सिमानाको कारण भारतबाट आउने यात्रीहरुको चेकजाँच गरि मात्र प्रवेश गराउन सीमानाका खटेका सुरक्षाक्रमीहरुलाई निर्देशन दिइएको छ ।

सवारी साधनमा सिट क्षमता भन्दा बढी नराख्ने र चालक सहित यात्रुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गर्न सूचनामा उल्लेख छ ।

नेपाल भारत सीमा क्षेत्र हुँदै विवाह गर्नु पर्दा बेहुला बेहुली जन्ती गरी बढीमा दुईवटा साना सवारी साधनमा पच्चीस जना भन्दा बढी सवार नहुने सो वाहेकका सवारी साधन सञ्चालन नगर्न सूचनामा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);