तराईका जिल्लामा आज चैती छठ मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

तराईका जिल्लामा आज चैती छठ मनाइँदै

काठमाडौं । तराईमा आज चैती छठ अर्थात् बासन्ती अन्तर्गत मुख्य पूजा गरि मनाइँदै छ । आज बेलुका व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाउने गरिन्छ ।

घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सजाएका छन् । त्यस्तै पर्वको अन्तिम दिन सोमबार बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ ।

तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ ।

चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले दोस्रो दिन ‘खरना’, तेस्रो दिन सूर्य उपाशना र बेलुका अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गर्छन् । त्यसैगरी अन्तिम दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्व समापन गर्ने चलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);