रामनवमीको अवसरमा माडीको अयोध्यापुरीमा सीता-रामको मूर्ति स्थापना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामनवमीको अवसरमा माडीको अयोध्यापुरीमा सीता-रामको मूर्ति स्थापना गरिने

काठमाडौं । गत वर्षको भानु जयन्तीमा भगवान रामको जन्म नेपालमा नै भएको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भने राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार गरेर माडीको अयोध्यामा स्थापना गर्न लागेका छन् ।

प्रधानमन्त्री कै अग्रसरतामा तयार गरिएको मूर्तिहरु आउँदो बैशाख ८ गते रामनवमीको दिन पारेर माडीको अयोध्यापुरीमा स्थापना गर्ने तयारी भइरहेको छ । मूर्तिहरु राख्न अयोध्यापुरी माडी नगरपालिकाले छुट्टाएको एक सय बिघा जमिनको केही हिस्सामा अहिले अस्थायी मन्दिर तयार पारिँदैछ । ‘तत्कालका लागि मूर्ति स्थापना गर्ने उद्देश्यले अस्थायी मन्दिर र सत्तलको निर्माण गरिएको माडी नगरपालिका–९ अयोध्याका वडाअध्यक्ष शिवहरी सुवेदीले बताए । उनले तत्काल अस्थायी मन्दिर निर्माण गरिएको बताउँदै २२ महिना भित्र स्थायी मन्दिर तयार गरेर मूर्ति राखिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले रामनवमीको अघिल्लो दिन काठमाडौंको पशुपतिनाथ क्षेत्रमा रहेको राम मन्दिरबाट विधिवत् रूपमा ती मूर्तिहरू हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । मूर्ति हस्तान्तरण गरेपछि बग्गी र रथसहितको कलस यात्रा अयोध्यापुरीतर्फ प्रस्थान गर्ने अयोध्यापुरी व्यवस्थापन समितिका प्रचारप्रसार संयोजक श्रीप्रसाद दवाडीले बताए। उनले पशुपतिनाथबाट भद्रकालीसम्म एक हजार आठ कलससहितको ¥याली हुने र भद्रकालीबाट नागढुंगासम्म बग्गी र रथ हुनेछन् भने नागढुंगाबाट मुख्यमन्त्रीको नेतृत्वमा चितवन ल्याइने बताएका छन् ।

राममन्दिरको निर्माण हुने भएपछि माडीबाट बसाइँ सरि गएकाहरु भने पुन फर्केर माडी नै आउने सोचमा रहेको भरतपुर माडी जनसम्पर्क मंचका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए । उनले पहिला राप्ती पारी मात्र बस्न पाए हुन्थ्यो भनिन्थ्यो तर माडीको विकास हुन लागेको देख्दा माडीमा नै बस्न पर्छ केही गर्न पर्छ भन्ने सोच पलाएको बताए ।

राममन्दिर निर्माणले निरन्तरता पाए माडीको मुहार फेरिने छ । पटकपटक निर्वाचनको समयमा माडीलाई मणि बनाउने भनेर गरिएको बाचा मन्दिर निर्माण हुन सके पुरा हुने सर्वसाधारणले विश्वास लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);