छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरियो, प्रदेश २ मा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरियो, प्रदेश २ मा सार्वजनिक बिदा

chhat samapan

काठमाडौं, १७ कात्तिक । सद्भाव, प्रेम तथा आस्थाको पर्व छठ अन्तर्गत आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरेका छन् । पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी साँझ गरेको क्रम दोहोर्याइ प्रातः कालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका हुन् ।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठपर्वका अवसरमा शनिबार राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ दिएका थिए । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गर्ने गरिन्छ ।

शनिबार गरेकै विधि आइतबार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ । तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतिकको रुपमा लिइन्छ । तराईमा मात्र मनाइने छठपर्व पछिल्लो समय राजधानीसहित पहाडका जिल्लाहरुमा समेत मनाउन थालिएको छ । यसैबीच प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार प्रदेश–२ का सम्पूर्ण जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);