उदाउँदो सूर्यलाई अर्घ दिंदै आजदेखि छठ पर्व समापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, १० कार्तिक । तराईवासी हिन्दूहरुको महान पर्व छठ आजबाट सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको हो। छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो।

त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर आ-आफ्ना घर फर्किएका हुन्। छठको तेस्रो तथा मूख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिन श्रद्धालु भक्तजनहरु नदी, तलाउ, पोखरीमा भेला भएका थिए।

तराईसहित देशका विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्दै पूजा गरे।

जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, वीरगञ्जको घडीअर्वा पोखरी, नवलपरासी, परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्र, सप्तरीको कोशी ब्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, झापा, राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासमय तरिकाले छठ पर्व मनाईएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);