मोरङ कारागारमा लगातार कैदीबन्दीको मृत्यु, तीन महिनामा ९ पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विराटनगर, १० कार्तिक । विराटनगरस्थित मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु भएको छ। गत साउन यताको तीन महिनामा मात्रै विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो। कारागारमा अहिले पनि विभिन्न रोगबाट एक दर्जन भन्दाबढि कैदीबन्दी थला परेका छन्। विराटनगर कारागारका जेलर प्रेम सापकोटाका अनुसार साउन महिना यता विभिन्न रोगबाट थलिएका बन्दीको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा २६ देखि ६३ वर्ष उमेरका छन् । मृत्यु हुनेमा सबै पुरुष र सबैभन्दा बढी लागु औषध दुव्र्यसनीको सजाय भोगिरहेका बन्दी रहेको कारागार प्रशासनले जनाएको छ। विरामी पाँच जनाको नोवेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

अरु चार जनालाई उपचारका लागि काठमाडौं र भरतपुर पठाइएको जेलर सापकोटाले जानकारी दिए। अरु १२ जनालाई पनि काठमाडौं पठाउने तयारी भईरहेको छ । धेरैलाई श्वासप्रश्वासको समस्या देखिएको हो। कारागारमा ४ आश्रीत बालबालिकासहित ७ सय ५६ कैदी बन्दी रहेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);