आज क्रिसमस डे, सरकारले दियो सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज क्रिसमस डे, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज क्रिसमस डे विश्वभरका इसाई धर्माबलम्बीहरूको चाड । आजकै दिन इसा मसिह अथवा जिसस क्राइस्टको जन्म भएको थियो । क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व २५ डिसेम्बरमा पर्छ ।

यस दिन अधिकांश राष्ट्रमा सार्वजनिक विदा दिइन्छ। नेपाल सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ । नेपालमा वि.स. २०६३ देखि महोत्सवको रुपमा मनाउन थालिएको हो । प्रेम दिवस, शान्ति स्थापना दिवस र मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिन्छ । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ ।

नेपाल सरकारले यस दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिएको थियो । विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको हो ।
जिससको जन्म महिना र मिति यहि नै हो भन्न नसकिएपनि ‘वेस्टर्न’ क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् ।  रोममा इसाई पूर्व ३५४ मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।
ईसाईहरूको बाहुल्यता नभएका राष्ट्रमा पनि विदा दिइएको पाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);