मंसिर १५ र पुष १० गते सार्वजनिक विदा दिने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०७९, बिहीबार

मंसिर १५ र पुष १० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, १४ मंसिर । सरकारले हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवरसरमा भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसैगरी सरकारले आगामी पौष १० गते इसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ को अवसरमा पनि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै मंसिर १५ र पुष १० गते देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।