ढिलो भएको भन्दै मञ्चमै नबसी फर्किए प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सत्यराज घिमिरे
वीरगंज, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धि र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस पर्साद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ईतिहासको विभिन्न कालखण्डमा नेपाली कांग्रेसको आन्दोलनबाट मात्रै लोकतन्त्रको रक्षा भएकोले यसपटक कम्युनिष्ट अधिनायकबादबाट जोगाउन कांग्रेसलाई जिताउन आग्रह गरे ।

मधेशको अधिकार संस्थागत गर्न नेपाली कांग्रेसले संविधान संशोधनको प्रयास गरेपनि एमालेका कारण असम्भव भएको भन्दै देउवाले आफ्नो अधिकार प्राप्तीको लागि पनि मधेशी जनताले कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए । राणा शासन अन्त्य गर्दा वीरगंजबाट थीरबम मल्लले शहादत प्राप्त गरेको स्मरण गर्दै देउवाले कांग्रेस मधेशबाट जन्मिएको पार्टी भएको दाबी गरे ।

उनले अन्यत्र जस्तै वीरगंजमा पनि कम्युनिष्ट शासन आए बोल्न र लेख्न समेत नपाईने दाबी गरे । कम्युनिष्ट शासन आउँदा डर र त्रास हुने र व्यक्तिगत सम्पत्ति समेत राख्न नपाईने देउवाको भनाई थियो ।

निर्धारित समयभन्दा निकै ढिलो सभास्थलमा पुगेका प्रधानमन्त्री देउवा मन्त्री परिषद बैठकमा सहभागि हुनुपर्ने भन्दै मञ्चमा समेत नबसी सम्बोधन गरेर हिँडेका थिए । पर्सामा चार निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा ४ र प्रदेश सभा ८ गरी १२ सिटको लागि प्रतिष्पर्धा हुँदैछ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);