वामगठबन्धन देशमा तानाशाही शासन ल्याउन खोज्दै छः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नवलपरासी, ९ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धनको आवरणमा नेपालका कम्युनिष्टहरुले देशमा एकलौटी तानाशाही शासन ल्याउन खोजिएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले शनिबार सुनवलमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सो आरोप लगाएका हुन्।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको नया संविधानलाई कम्युनिष्टहरु खारेज गर्ने दिशातर्फ अग्रसर भैरहेको प्रधानमन्त्री देउवाले बताए । देशमा कम्युनिष्टहरुले गठबन्धन गरेकाले कम्युनिष्ट शासन आए नागरिकले स्वतन्त्रतापूर्व जीवनयापन पनि गर्न नपाउने भन्दै उनले लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने भएकाले अबको चुनावमा लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह समेत उनले आग्रह गरे।

प्रधानमन्त्री देउवाले चुनाव पछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने समेत दावी समेत गरे। आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाए।

नेता पौडेलले आउदो प्रतिनिधि र प्रदेशसभाको चुनावबाट बामगठबन्धनले दुई तिहाइ मत ल्याउने सपना ध्वस्त हुने र प्रतिपक्षको स्थान सुरक्षित हुने दाबी गरे।

नेता पौडेलले कम्युनिष्टहरु सधै समस्या मात्रै जन्माउने पार्टी रहेको तर कांग्रेस समस्या समाधान गरी विकास निर्माणलाई प्राथमिकता दिदै अगाडि बढ्ने पार्टी रहेको ठोकुवा गरे।

सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ नवलपरासीका उम्मेदबार देबेन्द्रराज कँडेलले सम्बोधन गर्दै महेशपुर भन्सार नाकालाई व्यवस्थित गर्ने र धार्मिक क्षेत्र त्रिवेणी धामलाई प्रदेश न. ५ मा नै ल्याउने आफ्ना चुनाबी एजेन्डाका बारेमा प्रकाश परे।

नेता कंडेलले नवलपरासी जिल्लामा पर्ने त्रिबेणी, पण्डितपुर, देवदह ताल लगायतका धार्मिक स्थलहरुलाई प्रमुख पर्यटकीय गन्तब्य स्थल बनाई आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्राउनका लागि आफुले जोड दिए।
उनले सूर्यपुरा पावर हाउसलाइ पुनस् संचालनमा ल्याउने तथा नवलपरासीका सम्पूर्ण हुलाकी राजमार्गहरु कालोपत्रे गर्ने र परासी सुनवल भुमहि हुदै पाल्पा, पोखरा जोड्ने ट्रयाक निर्माण गरी नवलपरासी जिल्लालाई प्रमुख ब्यापारिक केन्द्र बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।

कार्यक्रममा पार्टीका कार्यवहाक सभापति अर्जुनकुमार पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि तिवारी, बैजनाथ जयसवाल , चुनाब प्रचार प्रसार समितीका संयोजक भरत थापा,पार्टीका सहसभापति शुवासचन्द्र गिरी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);