बाम गठबन्धन निर्वाचनमा विजयी भए मुलुक अन्धकारतर्फ : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कैलाली, २८ कात्तिक । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बामपन्थी गठबन्धन आसन्न निर्वाचनमा विजयी भए मुलुक अन्धकारतर्फ धकेलिने दावी गरका छन् ।

प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले चुनाव जिते बोल्न, लेख्न समेत नपाउने बताउँदै लोकतान्त्रिक गठबन्धनलाई आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउन आम मतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा नेपाली काँग्रेसको नेतृत्वमा भएको दावी गर्दै सुदूरपश्चिमका जनताले लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

बुधबार कैलालीको लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा कम्यूनिष्टहरुले एकदलीय तानाशाही लाद्न खोजेको आरोप लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);