राप्रपाले सम्मानजनक सिट नल्याए हिन्दु राष्ट्रको एजेन्डा हराएर जान्छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ९ मंसिर । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा राप्रपाको सम्मानजनक सिट नआए हिन्दु राष्ट्रको एजेन्डा सधैका लागि हराएर जाने बताएका छन् ।

शनिवार काठमाडौमा धर्मसभा नामक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालमा हिन्दु राष्ट्रको एजेन्डामा चौतर्फी आक्रमण हुन थालेकाले राप्रपाले प्रतिनिधि सभा तथा प्रदेश सभामा सम्मानजनक उपस्थिति आउनु पर्ने बताएका छन् ।

पार्टी बाहिरको बहसमा हिन्दु राष्ट्रको एजेन्डा बिस्तारै हराउँदै जानुमा पार्टी कार्यकर्तामा धर्मान्तरण भएको भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् ।

२०७० को निर्वाचनमा रहेको हिन्दुराष्ट्र बनाउने एजेन्डा अहिले पार्टी भित्रको विचलनले र पार्टी फुटको असरले पनि नकारात्मक प्रभाब पारेको उनले बताए । अध्यक्ष थापाले यस्तै अवस्था कायम रहे अबको ५ वर्ष भित्र हिन्दु राष्ट्रको कुरा गर्ने कोहि पनि नहुने तर्क पेश गरे ।

कार्यक्रममा अध्यक्ष थापाले हिन्दु धर्मको रक्षा, प्रबर्धन तथा विज्ञ विद्वानहरु सबै आफ्नो पार्टीमा हँदा हुँदै पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने पार्टीको एजेन्डा हराउँदै गएकोमा दुख व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);