कम्युनिष्टकोे शासन आए मुलुकमा तानाशाही व्यवस्था आउँछ : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाजुरा, २ मंसिर । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली काँग्रेसलाई विजयी बनाउनुको विकल्प नरहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले मुलुकमा डर, त्रासयुक्त शासन ल्याउन लागेकाले काँग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउनु परेको स्पष्ट पारे ।

शनिवार बाजुराको मार्तडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई भयमुक्त बनाएर सम्पन्न गर्न काँग्रेसको विकल्प नभएको बताए ।

कम्युनिष्टहरुकोे शासन व्यवस्था आए मुलुकमा एकदलीय तानाशाही व्यवस्था सुरु हुने बताउँदै देउवाले काँग्रेसलाई लोकतन्त्रको जननीको संज्ञा दिए ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढिकरण काँग्रेसले मात्रै गर्न सक्ने दावी गरे । उनले राणा शासन र पञ्चायती शासन ढालेर मुलुकमा लोकतन्त्रको रक्षा काँग्रेसले नै गरेको तर्क पेश गरे

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);