कम्युनिष्टहरु राष्ट्रलाई कमजोर बनाउन लाग्दैछन्ः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

पोखरा, ११ कार्तिक। प्रधानमन्त्री देउवाले नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन्।
पोखरामा आयोजित कार्यक्रमलाई स्रम्बोधन गर्ने क्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले कम्यिुनिष्टहरु (एमाले र माओवादी)ले राष्ट्रलाई कमजोर पार्न चाल चलिरहेको आरोप लगाएका हुन्।

जनताले साथ दिए २००७ सालमा राणा शासन, २०४६ सालमा पञ्चायतलाई हटाएको जसरी कम्युनिष्टलाई समेत पराजित गर्दै आफु पहिलो पार्टी बन्ने उनले दाबी गरेका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत प्रधानमन्त्री देउवालाई सहमती जनाउँदै लोकतन्त्रवादीहरुले एक जुट भई कम्युनिष्टहरुको सामना गर्नुपर्ने बताएका छन्। उनले कम्युनिष्टलाई सहयोग गरेर नेपाललाई राजनीतिक कुचेष्टातर्फ नधकेल्न समेत आग्रह गरेका हुन्।