एमाले-माओवादीको संयुक्त बैठक जारी, बेलुकासम्म क्षेत्र र उम्मेदवार टुङ्ग्याइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमडाौँ, ११ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सिट बाँडफाँड र उम्मेदवारको टुंगो लगाउन एमाले र माओवादी शीर्ष नेताहरुको बैठक भैँसेपाटीमा बसिरहेको छ। एमाले उपाध्यक्ष बामदेब गौतमको भैँसेपाटी स्थित निवासमा बसेको बैठकमा सिट बाँडफाँडका लागि निर्णायक छलपल चलिरहेको माओवादीका एक नेताले बताएका छन्।

शीर्ष नेताहरुको क्षेत्र टुंगो लागेपनि पाँच क्षेत्रमा अझै सहमति नभइसकेको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए। चितवनको क्षेत्र नम्बर २, दाङ क्षेत्र नम्बर २ लगायतका क्षेत्रमा पनि अझै दुई दलबिच सहमति भएको छैन। बैठकमा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम लगायत छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छन्।

निर्वाचनका लागि क्षेत्र र उममेद्वारमा धेरै विवाद देखिएपछि बाम गठबन्धनका दुई मुख्य दल एमाले र माओवादीका शीर्ष नेताहरुको निर्णायक बैठक बसेको बताइएको छ। आज बेलुका सम्ममा क्षेत्र र उम्मेदवारबारे टुँगो लगाईने गौतमले बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);