पोखरामा प्रधानमन्त्री देउवालाई कालो झण्डा देखाउने अनेरास्ववियुका अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार
पोखरा, ११ कार्तिक । पोखरामा अनेरास्ववियुका कार्यकर्ताले कांग्रेस सभापती एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् ।
राप्रपाका पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका प्रधानमन्त्री देउवालाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले कालो झण्डा देखाएका हुन्।
पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा प्रधानमन्त्री देउवालाई पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर्न समेत माग गरेका थिए।
यसैबीच, कालो झण्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ भने अन्य विद्यार्थी भागेका छन्।