लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्छः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २६ कार्तिक। नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई जोगाइराख्नका लागि भएपचि आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन पर्ने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताए ।कार्यक्रममा नेपाल तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङ, संघका महासचिव कमलराज गुरुङलगायत मुलुकभरका ३६१ खेलाडी काँग्रेसमा प्रवेश गरेका थिए।

कम्युनिष्ट शासन आए लोकतन्त्र समाप्त हुने बताउँदै लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन निकै नै आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेस सदैव कटिबद्ध रहँदै आएको बताउँदै आगामी निर्वाचनमा जनताले प्रजातान्त्रिक शक्तिलाई साथ दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले लोकतन्त्र र काँग्रेसलाई बलियो बनाउन सम्पूर्ण प्रजातान्त्रिक शक्ति एक हुनुपर्नेमा जोड दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);