गिरिजाप्रसादलाई सम्झेर मलाई भोट दिनुहोस्: प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

चितवन, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको स्थिरता कायम गर्ने र देशलाई समृद्ध बनाउने गिरिजाप्रसाद कोइरालाको सपना पुरा गर्न लागि गठबन्धनले जित्नुपर्ने बताएका छन्।

चितवन क्षेत्र नं ३ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर समेत गरे।

कार्यक्रममा दाहालले राष्ट्रलाई समृद्ध बनाउन गिरिजाप्रसादलाई सम्झेर आफुलाई मतदान गर्न आग्रह समेत गरेका थिए। अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै पाँच वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै उनले नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिए । चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);