राष्ट्रिय मुद्धाहरुको समाधान गर्न सबै राजनितीक दलहरु एकजुट हुनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रिय मुद्धाहरुको समाधान गर्न सबै राजनितीक दलहरु एकजुट हुनुपर्नेमा जोड

Prachandaaa

काठमाडौं, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय मुद्धाहरुको समाधान गर्न सबै राजनितीक दलहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रिय मुद्धाहरुको बिषयमा सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर अगाडी बढनुपर्ने बताए ।उनले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै सहमती सहकार्य र एकता अहिलेको आवश्यक्ता भएको बताए ।

शसस्त्र द्धन्दको समयमा माओवादीलाई शान्ति सम्झौतामा ल्याइ मुलुककमा शान्ति स्थापना गर्न गीरिजाप्रसादको कोइरालाको ठूलो योगदान रहेको बताउँदै अध्यक्ष दाहालले उनको सपना सकार गर्ने समय आएको बताए ।

उनले संविधानको भावना र मर्म अनुसार नै मुलुकलाई अगाडी बढाउने बताउँदै अब मूलुक आर्थिक समृद्धितर्फ अघि बढ्नेमा जोडदिए । कार्यक्रममा अन्य सहभागीहरुले मुलुकका गिरिजाप्रसादको अभाव खड्किएको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);