सांसद किनबेचको खेल हुने भएपछि संसद विघटन : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सांसद किनबेचको खेल हुने भएपछि संसद विघटन : दाहाल

झापा, १० फागुन । राष्ट्रिय सभाका सदस्य तथा नेकपा नेता देबेन्द्र दाहालले सांसद किनबेचको खेल शुरु हुने भएपछि संसद विघटन गर्नु परेको बताएका छन् । झापाको दमकमा पत्रकार मञ्च दमकको ११ औं साधारणा सभालाई सोमबार सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले यस्तो बताएका हुन् ।

दाहालले जनताले दिएको अभिमतलाई दुरुपयोग गर्न खोजेपछि संसद विघटन भएको पनि बताए। उनले आफ्नै दलभित्रका केही नेताहरुका कारण यस्तो अबस्था आएको भन्दै संसदीय मुल्य र मान्यतालाई तिलाञ्जली दिँदै आफ्नै पार्टीभित्रबाट सरकार ढाल्ने खेल भएपछि अहिलेको अबस्था आएको बताए ।

उनले निर्वाचनमा सबै दल आउने र आँफूलाई जनताको परीक्षमा पास गर्ने गरी आउने धारणा राखे । अर्को एक फरक प्रसंगमा दाहालले मुलुकले अब कहिल्यैपनि नाकाबन्दी खेप्नु नपर्ने दाबी समेत गरे ।

सो क्रममा राष्ट्रिय सभा सदस्य दाहालले पत्रकार मञ्च दमकको अक्षय कोषका लागि ५० हजार दिने घोषणा समेत गरे । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ अक्षय कोषका लागि सहयोग गरे ।

उनले पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललाई सो रकम हस्तान्तराण गरे । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष गञ्जबहादुर दाहाल, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, सामाजिक अभियन्ता सुरेन्द्रकुमार श्रेष्ठ, प्रेश संगठन झापाका संयोजक टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);