विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : प्रचण्ड

पाल्पा, १ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मलुकको विकास र समृद्धिका लागि सबै राजनैतिक दल एक भएर लाग्नुपर्ने बताएका छन् ।

आइतवार पाल्पाको रामपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देश शान्ती र समृद्धिको संकल्पका साथ अगाडी वढेको बताउँदै विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले देशमा शान्ती ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा सरकार सक्रिय भएर लाग्ने बताए ।

अध्यक्ष दाहालले पाल्पाको रामतुलसी माविलाई आंगिक कृषि कलेजका रुपमा स्थापना गर्न सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);