श्रीमती र छोरीको हत्या गरी फरार भएका भारतीय नागरिक मकवानपुरमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

श्रीमती र छोरीको हत्या गरी फरार भएका भारतीय नागरिक मकवानपुरमा पक्राउ

काठमाडौं, १ पुस । केही समय अघि आफ्नी श्रीमती र छोरीको हत्या गरी फरार भएका भारत बिहार राज्यका महम्द रमजान मियां दर्जीलाई मकवानपुर प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकाउनपुरले आईतवार प्रत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त दर्जीलाई प्रक्राउ गरेको जानकारी दिएको हो । मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले अभियुक्त दर्जीले आफ्नी २५ वर्षिया लालमुन खातुन र एक वर्षिय छोरी रोशन खातुनलाई राती भाई अरमान मियांसंग मिलेर हत्या गरेको स्वीकार गरेको जानकारी बताए ।

१७ गते साँझ श्रीमती र छोरीलाई आमा र बुबा भेटाईदिने भन्दै हेटौडाबाट नेवारपानीमा लगेर घाँटीमा सलले बाँधेर र छोरीको घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ । हत्यामा संलग्न अर्का आरोपि मृतक महिलाको देवर अरमान मिया दर्जिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);