श्रीमती र छोरालाई बाहिर पठाएर छोरीको हत्यापछि आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

श्रीमती र छोरालाई बाहिर पठाएर छोरीको हत्यापछि आत्महत्या

murder

काठमाडौं, २२ माघ । काठमाडौंको पुरानो बानेश्वरमा रामेछापका एक पुरुष र उनकी छोरीको शव भेटिएको छ । टंकप्रसाद मार्गमा डेरा गरी बस्ने किशोर भण्डारीले शारिरीक रुपमा अशक्त छोरीको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । छोरी अशक्त भएकै कारण उनी सधै विचलित हुँदै आएको परिवारिक स्रोतले जनाएको छ ।

उनले सात वर्षीया छोरीको छुरा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । शनिबार बिहानै उनले श्रीमती र छोरालाई आफन्तको घर पठाएका थिए । श्रीमती बेलुका घर फर्किदा कोठा भित्रबाट लगाइएको थियो । उनले ढकढक गर्दापनि ढोका नखुलेपछि छिमिकीको सहयोगमा खोलेर हेर्दा भित्र ह्यदविदारक अवस्था देखिएको थियो ।

भण्डारी गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए । घटनास्थलबाट प्रहरीले सुसाइड नोटसमेत फेला पारेको छ । सुसाइड नोटमा छोरीलाई केही गर्न नसकेको , ऋणलगायतको घरायसी व्यवहारका विषय उल्लेख गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);