रविनाले छोरा छोरीको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रविनाले छोरा छोरीको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष

काठमाडौं,२९ माघ । ललितपुरको महालक्ष्मीमा एक महिला उनका २ सन्तानको मृत्युबारे प्रहरीले निष्कर्ष निकालेको छ । ३६ वर्षीया  आमा रविना महर्जनले छोरा छोरीको हत्या गरेपछि आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको हो । महालक्ष्मी–३ इमाडोलमा रविना आफ्नै घरको ३ तल्लाबाट हामफालेकी थिइन् भने उनका २ सन्तान अचेत अवस्थामा फेला परेका थिए ।

ओचुहाइटमा बस्ने महर्जनले दुुई बच्चालाई बेहोस बनाएर उनले तेस्रो तलाबाट हाम फालेको हुन सक्ने अनुमान गरिएको छ । उनकी २ वर्षीय छोरी रिवा र ६ वर्षीया अश्वेत महर्जन बेहोस अवस्थामा फेला पारेर किस्ट अस्ततालमा उपचारका लागि लगिएको थियो । उनीहरुको पनि उपचारको क्रममा मृत्यु भएको हो ।

महर्जनले आत्महत्या गरेको देखिएपनि सुसाइड नोट भने भेटिएको छैन् । उनी श्रीमान,सासु र २ सन्तानसहित बस्दै आएकी थिइन् । घटनाको समयमा श्रीमान भने घरमा नभएको बुझिएको छ । सो समयमा रविनाकी अपांग रहेकी सासुमात्र घरमा थिइन् ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);