ऋणबाट मुक्ति पाउन के गर्ने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ऋणबाट मुक्ति पाउन के गर्ने ?

काठमाडौं,२९ माघ । सनातन धर्ममा ज्योतिषको विशेष महत्व छ। मानवीय समस्याको समाधान ज्योतिषमा उल्लेख गरिएको छ । अहिले अधिकांश जनता ऋणको चपेटामा छन् । दिनभर मिहिनेत गरेर पनि ऋणको समस्या झेल्नु पर्ने हुन्छ ।

यस्तो अवस्थामा ज्योतिष उपायको सहायताले ऋणबाट मुक्ति पाउन सकिन्छ । ज्योतिष शास्त्रमा धेरै उपायहरु बताईएको छ जसको पालना गर्नाले मानिसको जीवनमा आउने धेरै समस्याहरुबाट मुक्ति मिल्छ । यदि तपाई पनि ऋणको समस्याबाट हैरान हुनुहुन्छ भने यहाँ उल्लेखित ज्योतिषीय उपाय अवश्य अपनाउनुहोस् । यी उपाय अपनाएमा ऋणबाट मुक्ति मिल्ने जनविश्वास छ ।

–जीवनमा ऋणको सामना गरिरहनुभएको छ भने शमशान इनारको पानी पिपलको रुखमा चढाउनुहोस् । यो उपाय गरिरहँदा यसबारे कसैलाई नभन्नुहोस् भन्ने कुरामा विशेष ध्यान दिनुहोस्। लगातार ६ शनिबार यो उपाय गर्नुहोस् । यसो गर्दा ऋणबाट मुक्ति मिल्छ ।

–शुक्रबारको दिन धनकी देवी लक्ष्मीको मन्दिरमा आफ्नो भक्ति अनुसार कुखुरा दान गर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मी प्रसन्न हुनुका साथै आर्थिक लाभ हुने जनाइएको छ ।

–यसबाहेक ऋणबाट मुक्ति पाउन पूजाको समयमा महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्। यो मन्त्रको जप गर्दा ऋण हट्छ । स्वास्थ्यमा पनि सुधार हुन्छ ।

– ऋणबाट मुक्ति पाउन नौ ग्रहको पूजा गर्नुहोस्। ज्योतिष शास्त्रका अनुसार नौ ग्रहको पूजा गर्नाले सबै प्रकारको आर्थिक समस्या हट्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);