इमाडोलमा आमा,छोरा र छोरीको रहस्यमय मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

इमाडोलमा आमा,छोरा र छोरीको रहस्यमय मृत्यु

death mahila

काठमाडौं,२८ माघ । ललितपुरको महालक्ष्मीमा एक महिला उनका २ सन्तानको मृत्यु भएको छ । महालक्ष्मी–३ इमाडोलमा रविना महर्जनले घरको ३ तल्लाबाट हामफाल्दा उनीसहित २ सन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओचुहाइटमा बस्ने महर्जनले दुुई बच्चालाई बेहोस बनाएर उनले तेस्रो तलाबाट हाम फालेको हुन सक्ने अनुमान गरिएको छ । उनकी २ वर्षीय छोरी रिवा र ६ वर्षीया अश्वेत महर्जन बेहोस अवस्थामा फेला पारेर किस्ट अस्ततालमा उपचारका लागि लगिएको थियो ।

उनीहरुको पनि उपचारको क्रममा मृत्यु भएको हो । महर्जनले आत्महत्या गरेको देखिएपनि सुसाइड नोट भने भेटिएको छैन् । उनी आफ्नै श्रीमान,सासु र २ सन्तानसहित बस्दै आएकी थिइन् । घटनाको समयमा श्रीमान भने घरमा नभएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);