विकासका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट हुन प्रचण्डकाे आव्हान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

विकासका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट हुन प्रचण्डकाे आव्हान

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष राष्ट्रिय मुद्दामा एकजुट हुन पर्ने बताएका छन् ।

शनिवार भक्तपुरको हनुमन्ते नदी सफाई अभियानको ५१ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले समृद्ध नेपालका लागि सत्तापक्ष र विपक्षी मिल्नुपर्ने बताएका हुन् । उनले शान्ति प्रक्रिया, संविधान निर्माण अन्य काममा पनि सवै मिलेर सम्भव भएको भन्दै समृद्धिका लागि पनि फेरी सबै जुट्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले देशको पछिल्लो अवस्थाका बारेमा विदेशीले समेत चासो पुर्वक हेरिरहेको भन्दै अब विकासका लागि पनि सबै एकजुट हुन आव्हान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);