'कम्युनिष्ट अधिनायकवाद विरुद्ध एकजुट हुन आव्हान' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘कम्युनिष्ट अधिनायकवाद विरुद्ध एकजुट हुन आव्हान’

काठमाडौं, ६ असार । नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले सरकारबाट न्यायालयलाई तर्साउने काम सुरु भईसकेको भन्दै कम्युनिष्ट अधिनायकवाद विरुद्ध एकजुट हुन ट्रेड युनियन कर्मीहरुलाई आव्हान गरेका छन् ।

बुधबार राजधानीमा आयोजित ट्रेड युनियन कांग्रेसको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले सरकारले कम्युनिष्ट अधिनायवादी छबि देखाईसकेकाले कर्मचारीको हक हितका लागि सबै ट्रेड युनियन कर्मीहरु एक जुट हुनुपर्ने बताए ।

सरकारबाट न्यायालयलाई तर्साउने काम सुरु भईसकेको भन्दै उनले श्रमिकहरु पेशागत हितका पक्षमा एकठाउँमा नआए भविष्यमा सबै श्रमिकले दु:ख पाउने बताए । पार्टी भित्रको गुटबन्दीका कारण श्रमिकहरुको एकता प्रभावित भएको भन्दै उनले ट्रेड युनियनको समस्या सम्बोधन गर्न सक्ने क्षमतामा कांग्रेसलाई पुर्याउनुपर्नेमा जोड दिए ।

कांग्रेसले सत्तामा रहुन्जेल पनि ट्रेड युनियनका हक हितलाई नहेरेको उनकाे गुनासो छ । अंश वण्डा गरेर मात्रै कांग्रेस पुरानै हैसियतमा आउन नसक्ने भन्दै उनले पार्टी भित्र बढ्दै गएको गुटबन्दी अन्त्यका लागि दबाब श्रृजना गर्नुपर्नेमा जोड दिए ।

निर्वतमान अध्यक्ष खिलानाथ दाहालले नेता विशेषको नाम जोडेर बिजय र पराजयलाई टिप्पणी गर्ने गरिएको भन्दै गुटगत विश्लेषणले कांग्रेसलाई नै हानी पुग्ने बताए ।

सार्वजनिक कार्यक्रममा नेताहरुले गुटको विरोध गरेपनि नेपाल ट्रेड युनियन कांग्रेसको निर्वाचनमा भने समानन्तर रुपमा गुटकै उम्मेदवारले प्यानल सहित प्रतिष्पर्धा गरेका थिए । भर्खरै सम्पन्न निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षको एक सिट बाहेक बांकी सबैमा कृष्ण सिटौला र रामचन्द पौडेल पक्षधरले जितेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);