ट्रेड युनियन खारेज नगर्न सरकारलाई कर्मचारीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

ट्रेड युनियन खारेज नगर्न सरकारलाई कर्मचारीको चेतावनी

nijamati chetawani

काठमाडौं, ६ फागुन । नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ । फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।

देवकोटाले संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताउनुभयो ।उहाँले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ती जनाउनुभएको हो ।

अध्यक्ष देवकोटाले संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको बताउनुभयो । अध्यक्ष देवकोटाले उहाँले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको उल्लेख गर्नुभयो ।

ताजा समाचार