पार्टीपिच्छे संगठन खोल्न पाउनुपर्ने कर्मचारीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पार्टीपिच्छे संगठन खोल्न पाउनुपर्ने कर्मचारीको माग

nijamati karmachari

काठमाडौं, ३० भदौ । विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेका छन् । हालै प्रस्तावित मस्यौदा विधेयकमा राखिएको एकल ट्रेड युनियनको प्रावधानप्रति असन्तुष्टी जनाउदै उनीहरूले कडा विरोध गरेका हुन् । स्मरणीय छ, विद्यमान निजामती ऐनअनुसार पार्टीपिच्छे टेड युनियन खोल्न पाइन्छ भने प्रस्तावित मस्यौदामा एकल ट्रेड युनियन राख्ने प्रावधान र ट्रेड युनियन अधिकार नायब सुब्बासम्मका कर्मचारीलाई मात्र दिने व्यवस्था गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त विधयेकको मस्यौदा हालै मन्त्रिपरिषद्मा पठाएको छ । सरकारले निजामती सेवा ऐन, २०४९ लाई विस्थापित गर्न संघीय निजामती सेवा ऐन, २०७५ ल्याउने तयारी गरेको हो ।

निजामति सेवाभित्र पार्टीमा आस्था राख्ने ६ वटा कर्मचारी संगठन रहेका छन् । मस्यौदा विधेयक पारित भएमा ती सबै संगठन खारेज हुनेछन् ।
अर्थ मन्त्रालय, कानून र सामान्य प्रशासन मन्त्रालयबीच निकै बाझाबाझ गरेर पठाइएको उक्त विधयेकप्रति आपत्ति जनाउ“दै राष्ट्रिय कर्मचारी महासंघ, नेपालले विधेयकबारे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सोमबार ध्यानाकर्षणपत्र बुझाएको हो ।

तर महासंघका अध्यक्ष अध्यक्ष गोपालसिह धामीले प्रस्तावित विधेयकमा कानुनी, प्राविधिक, व्यावहारिक र नीतिगत रूपमा सैद्धान्तिक त्रुटीहरु देखिएकोले त्यसबाट कर्मचारी व्यवस्थापनमा थप जटिलता आउने भएकाले मन्त्रीको ध्यानाकर्षण गराइएको दावी गर्नुभयो । उक्त विधेयकमा निजामति सेवालाई विभेदरहित बनाउने गरी ९ बु“दा थप्न र निजामती सेवाअन्र्तगत १२ सेवा राख्न माग गरिएको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);