मान्छे–हात्ती द्वन्द्व | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

मान्छे–हात्ती द्वन्द्व

hatti

काँकडभिट्टा, ३० भदौ ।  झापामा मान्छे र हात्तीबीच द्वन्द्व वर्षौंदेखि जारी छ । यसमा कहिले मान्छे मारिन्छन्, कहिले हात्ती । गएको आठ वर्षमा हात्तीको आक्रमणमा ३५ जना मारिए । मान्छेले थापेको विद्युतीय धरापमा परेर १० वटा हात्ती पनि मरे ।

गत बिहीबार मेचीनगर ९ को सामुदायिक वननजिकै एउटा हात्ती मृत भेटियो । घाँटीमा चोट देखिएकाले करेन्टका कारण हात्ती मरेको अनुमान वन कार्यालयका अधिकारीहरूले गरेका छन् । ‘करेन्ट लागेपछि रन्थनिएर खेतको दलदलमा फसी हात्ती मरेको हुन सक्छ,’ डीएफओ बोधराज सुवेदी भन्छन्, ‘कुनै बेला करेन्ट लागेर र कुनै बेला बूढो भएर मरेका छन् ।’ प्राय:जसो विद्युतीय झट्काकै कारण हात्ती मरेको उदाहरण छ ।

गत वर्ष जंगली हात्तीको आक्रमणबाट झापामा तीन जनाले ज्यान गुमाए । उनीहरू थिए, भद्रपुर १० का दुर्गाबहादुर कटुवाल (३५), बिर्तामोड ७ का लसुने मियाँ (७०) र बिर्तामोड ३ का च्यांग्रा राजवंशी (६५) । कटुवाललाई कात्तिक १४ तथा मियाँ र राजवंशीलाई फागुन १२ मा हात्तीले सिकार बनाएको थियो । तीनै जनालाई जंगलमा घाँसदाउरा गर्न गएका बेला हात्तीले आक्रमण गरेको थियो ।

हात्तीका कारण बर्सेनि करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति हुने गरेको सुवेदी बताउँछन् । उनका अनुसार पछिल्लो ५ वर्षमा सरकारले १ हजार ७ सयभन्दा बढी घरको क्षतिबापत करिब ३ करोड राहत रकम प्रदान गरेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);