महाशिवरात्रीको पूर्वसन्ध्यामा राजधानीमा शोभायात्राको आयोजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महाशिवरात्रीको पूर्वसन्ध्यामा राजधानीमा शोभायात्राको आयोजना

shovayatra5

काठमाडौं, ६ फागुन । पशुपति क्षेत्र बिकास कोषले महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार राजधानीमा शोभायात्राको आयोजना गरेको छ । नेपाल भ्रमणवर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभायात्रा गरिएको हो ।

महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।

यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोलीको पनि सहभागिता रहेको थियो । महाशिवरात्री पर्व यही फागुन ९ गते शुक्रवार परेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);