महाशिवरात्री नजिकिएसँगै शोभायात्रा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

महाशिवरात्री नजिकिएसँगै शोभायात्रा सम्पन्न

काठमाडौं, २५ फागुन । हिन्दुहरुको महान पर्व महाशिवरात्री नजिकिएसँगै पशुपतिक्षेत्र विकास कोषले शोभायात्रा सम्पन्न गरेको छ । यो यात्रा महाशिवरात्री पर्वको माहोल सुरु भयो भनेर देशबासीलाई जानकारी गराउने उदेश्यले गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

शोभा यात्रामा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालको पनि उपस्थिती रहेको थियो ।

पशुपतिनाथको पश्चिम ढोकाको प्राङ्गणबाट सुरु भएको सो यात्रा गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर ,बत्तीसपुतली, गौशला, वनकाली हुँदै भुवनेश्वरीमा आएर सम्पन्न भएको थियो ।

करिव डेड घण्टा लामो यात्रामा, सशस्त्र प्रहरीको व्याण्ड बाजा सहितको समूह, कोषका कर्मचारी, नेपाल वेद विद्याश्रम संस्कृत माध्यामिक विद्यालय, सशस्त्र प्रहरी वल नेपाल, सहभागी थिए । साथै साधु सन्तहरु, बासुरी बाजा, धिमे बाजा, लगायतका विभिन्न संघ सस्थाहरुको सहभागिता रहेको थियो ।

यसैगरि पशुपतिमा सूवर्ण जलहरी राखिएका कारण आज साझ विभिन्न संघ संस्थाको सहभागितामा दिपावली गरिने कार्यक्रम रहेको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले बताए । महाशिवरात्रका लागि आवश्यक तयारी ९७ प्रतिशत सकिसकेको जनाइएको छ ।

यस वर्ष महाशिवरात्री पर्व फागुन २७ गते बिहीबार परेको छ । महाशिवरात्री पर्व नेपालीहरुले राष्ट्रिय पर्वको रुपमा मनाउने गरिन्छ । भगवान शिव उत्पति भएको पावन दिन भएकोले महाशिवरात्री भनिएको हो । यष वर्ष कोरोना कहरले गर्दा छिमेली मुलुकबाट फूल ल्याउन सक्ने अवस्था नरहेकोले विभिन्न थरीका विद्युतीय बत्तीले पशुपति सिगारीने डा. खतिवडाको भनाइ छ ।

शिवरात्रिको पावन अवसरमा भगवान शिवलाई पूजाअर्चना गर्दा मोक्ष प्राष्ति हुने धार्मिक विश्वासका कारण पशुपनिनाथ लगायत नेपालभरका शिवालयहरुमा श्रदालु भक्तजनको उलेख्य उपस्थिती हने गर्दछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);