शम्भोको शरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शम्भोको शरणमा

१२ फाल्गुन काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पाशपत क्षेत्रमा हिन्दु धर्मालम्बिहरुको बाक्लो उपस्थिती हुन थालेको छ ।

शम्भोको शरणमा

१२ फाल्गुन काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पाशपत क्षेत्रमा हिन्दु धर्मालम्बिहरुको बाक्लो उपस्थिती हुन थालेको छ । पाशुपत क्षेत्रमा दर्शनार्थीसँगै शादुसन्त र नाङगाबाबाहरुको उपस्थित बाक्लो बनेको छ । महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्र विकास कोषले विशेष तयारी समेत गरेको छ ।

महाशिव रात्री हिन्दुधर्मालम्बिहरुका लागि विशेष पर्व । आराध्यदेव भगवान शिवको महिमा गाउँदै शिवरात्री मनाउनेको घुउँचो काठमाडौंको पाशुपत क्षेत्रमा निकै देख्न सकिन्छ । नेपाली हिन्दुधर्मालम्बिहरुको मात्र नभइ विश्वका हिन्दु धर्मालम्बिहरुको आस्थाको केन्द्र रहेका भगवान पशुपतिनाथको दर्शनार्थ भारत, श्रीलंका लगायत विभिन्न मुलुकबाट तिर्थालु आउने गरेका छन् । शिवरात्रिको अवसरमा सादुसन्त तथा नाङगाबाबाहरु पाशुपत क्षेत्रमा आउने गर्छन् ।

यस वर्ष पनि झण्डै २ सय संख्यामा नाङगाबाबाहरु पाशुपत क्षेत्रमा आएका छन् । महाशिवरात्रिका दिन नै आराध्यदेव शिवजीको उत्पत्ति हुनुका साथै भगवान् शिव र पार्वतिको समेत विवाह भएकाले हिन्दुधर्मालम्बिहरु यस दिनलाई निक्कै विशेषताका साथ मनाउने गर्दछन् । त्यस्तै महाशिवरात्रिका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जपेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेकाले पनि यस दिन आराध्यदेव पाशुपत क्षेत्रमा दशनार्थिहरुको बाक्लो भिड लाग्ने गर्दछ । महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्र विकास कोषले दर्शनका लागि सहज बनाउन विशेष व्यवस्था गरेको छ । 

पशुपति क्षेत्र विकास कोषले यस वर्ष महाशिवरात्रिको अवसरमा हजार रुपैयाँको टिकट काटेर छिटो दर्शन गर्ने व्यवस्था र विशेष पुजालाई हटाएको छ । विगतका वर्षहरुमा लागु गरिएको टिकट र विशेष पासको व्यवस्थाले भगवानको दर्शनमा विभेद गरिएको आभास भएको भन्दै यस वर्ष यो व्यवस्था खारेज गरिएको हो । उक्त दिन पशुपतिनाथ मन्दिरको उत्तर, पश्चिम र दक्षिणढोका बिहान साढे तीन बजेदेखि नै खुला रहनेछन् ।

महाशिवरात्रीको अघिल्लो दिनदेखि पशुपतिनाथ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीहरुको सुरक्षाका लागि भकुन्डोलस्थित कारपार्कमा सन्चार सेटसहितको प्रहरी मूल शिविर स्थापना गरिने र आवास–भोजनस्थल, पार्किङ, जुत्ता–चप्पलकक्ष लगायतका स्थानमा नेपाल प्रहरीको सब कमान्ड पोस्ट स्थापना गरिएको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);