बारामा युवाको हत्या आशंकामा रौतहटबाट एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बारामा युवाको हत्या आशंकामा रौतहटबाट एक जना पक्राउ

pakrau

श्याम गुप्ता
बारा , २५ फागुन ।
बारामा एक युवाको घाँटी रेटी हत्या गरिएको छ । मंगलबार बिहान करिब ४ः१५ बजेको समयमा निजगढ नगरपालिका वडा नम्वर ९ स्थित बुद्ध चोकमा १८ बर्षीय काले भनिने रोहित शर्माको हत्या भएको हो ।

मृतक घरमा एक्लै भएको बोलामा हत्या भएको हुँन सक्ने प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । हत्या आस पास कै व्यक्तिबाट भएको या गराईएको हुँन सक्ने बताईएको छ ।

स्थानीयका अनुसार बिहान करिब ४ः१५ बजे एक व्यक्ती त्यस स्थानबाट भागेको बताएका छन् । घरमा भाडामा बस्ने सत्यमान मँगरका अनुसार एक व्यक्ती बिहान हतार हतार मोटरसाईकलमा भगेका थिए । घरमा दिनहुँ झगडा भईरहेकाले स्थानीयले सामान्य घर झगडा भनि बुझोका थिए ।

यता प्रहरीले मृतकको घरेलु हतियारको प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

मृतकको घरमा कोहि नभएको बेला हत्या गर्ने योजना बनाएर घरमा प्रवेश गरेको जस्तो देखिएको जानकारी दिए । यसैबिच प्रहरीले रौतहटबाट एक जना व्यक्तीलाई प्रक्राउ गरेर अनुसन्धान सुरु गरेको मिश्रले बताए ।

प्रहरीले जनकपुर स्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर ल्याएर थप अनुसन्धान अघि बढाउँने मिश्रले जानकारी दिए ।

बुवा भोगेश्वर शर्मा र लालेदेवी शर्माको १ छोरा र २ छोरी छन् । भने मृतकलाई बाल्य अवस्तामा सडकमा भेटाएर पालेको बताईएको छ । मृतकका बुवा भोगेश्वर शर्मा र लालेदेवी शर्माले उनका बुहारीले सम्पतीका निम्ती हत्या गरेको आरोप समेत लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);