दुई दिनमा देवताल गाउँपालिकामा ६८० जनाले लगाए कोभिड खोप | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

दुई दिनमा देवताल गाउँपालिकामा ६८० जनाले लगाए कोभिड खोप

बारा, २४ फागुन । सरकारले दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत ६५ बर्ष माथिका बृद्धहरुलाई तथा पहिलो चरणमा छुटेकाहरुलाई प्राथमिकतामा राखि सँचालन गरिएको छ ।

सोहि कार्यक्रममा अन्तर्गत बाराको देवताल गाँउपालिकामा १२८० कोभिड खोप लगाउने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष चन्दन सिंहले जानकारी गराए। दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत देवताल गाउँपालिकामा हिजोदेखि आजसम्म ६८० जना बृद्ध तथा पहिलो चरणमा छुटेकाहरुले पहिलो डोज लगाएका छन।

भोलिसम्म सँचालन हुने दोस्रो चरणको खोपमा लक्ष्य हासिल गर्न हामिले लागि परेको जानकारी देवताल गाउँपालिकाका स्वास्थ्य इन्चार्ज शिव साहले दिएछन।

Leave a Reply

ताजा समाचार