कलैया अस्पतालका एक तिहाई क्रमचारी लगाएन्न कोभिड खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कलैया अस्पतालका एक तिहाई क्रमचारी लगाएन्न कोभिड खोप

बारा, २८ माघ । भारतले नेपाललाई खोप अनुदानमा उपलब्ध गराएपछि कोभिड खोप अभियान प्रधानमन्त्री के पि शर्मा ओलिले उदघाटन गरेपछि नेपालको सम्पुर्ण जिल्लामा सुरु भएको थियो ।

पहिलो चरणमा जनस्वास्थ्य कार्यालय बारामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी , सफाई र्कमचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको थियो ।

दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मी, बैंकका कर्मचारी , सरकारी कार्यालयका कर्मचारीहरु लाई खोप लगाइने योजना रहेको छ ।कोभिड खोपबाट केही गम्भिर असर हुदैन भनि जनमानसमा सँदेश दिनको लागि पहिलो चरणमा स्वास्थ्यकर्मिलाई दिने नेपाल सरकारको निति रहेको थियो ।

नेपालको नीति तथा कोभिड खोपको बारेको जानकारी हुदा हुदै बाराको कलैया अस्पतालमा १० दिनसम्म अभियान सँचालन भएको थियो। कलैया अस्पतालमा ९० र्कमचारी कार्यरत रहेकोमा २ जना डाक्टर सहित २८ जना क्रमचारीले कोभिड खोप नलगाएको जानकारी जनस्वास्थ कार्यलय बाराका निमित प्रमुख रामनरेश यादबले दिएका छन।

बारामा कोभिड खोप लगाउने लक्ष्य २४१९ थियो भने जम्मा १८०७ जनाले मात्र कोभिड खोप लगाएका छन। जसमा पुरुष भन्दा महिलाको सँख्या बढि रहेको छ। कोभिड खोप लगाउनेमा पुरुषको सँख्या ८९४ रहेको छ भने महिलाको सँख्या ९१३ रहेको छ।बारामा ६१२ जनाले कोभिड खोप नै लगाउन आएनन्।

कलैयामा कोभिड खोप सँचालन भएकोले कलैया उपमहानगर पालिकाका ६१ जना कर्मचारी र ८८ जना स्वयम् सेबिका गरी १४९ जनाले पनि कोभिड खोप लगाउन नआएको जानकारी समेत यादवले दिएका छन।

कलैया अस्पतालको मेडिकल सुप्रिटेन्ड ( मेसु ) गौरभ महतो सँग कुरा गर्दा डरले कोभिड खोप नलगाएको हुन सक्ने तर ति कर्मचारीहरुलाई बोलाई जानकारी लिने बताएका छन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);