भक्तपुरमा तीनहजार बढीले लगाए कोभिड विरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमा तीनहजार बढीले लगाए कोभिड विरुद्धको खोप

भक्तपुर, ६ फागुन । भक्तपुुरमा तीनहजार पाँचसय बढीले कोरोना विरुद्धको खोप लगाएकाछन । स्वास्थ्य कार्यालयमा विहिबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमा कार्यालय प्रमुख कृष्ण मिजारले पहिलो चरण अन्र्तगत दुुई हजार चार सय ३४ र दोश्रो चरणमा एक हजार एक सय ६४ गरी हाल सम्म तीन हजार पाँचसय बढीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिनुभयो ।

सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीका साथै प्रहरीलाई खोप दिने व्यवस्था गरिएको थियो । सोहीअनुसार भक्तपुरमा फागुन २ गतेदेखि दोस्रो चरणको खोप दिन सुरु गरिएको थियो । भक्तपुरमा फागुन २ गतेदेखि दोस्रो चरणको खोप दिन सुरु गरिएको थियो । दोस्रो चरण अन्तर्गत ८ सय १५ पुरुष र ३ सय ४९ महिला रहेका छन ।

स्वास्थ्य कार्यालय का अनुसार भक्तपुरमा अहिलेसम्म सबैभन्दा बढी प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । त्यसै गरी वित्तीय संस्थाका कर्मचारी, निर्वाचित जनप्रतिनिधि र अदालतका कर्मचारीहरुले खोप लगाएका कार्यालयले बताएको छ । भक्तपुरमा चारवटा नगरपालिकामा र भक्तपुर अस्पताल गरी ५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

चार नगरपालिका मध्ये भक्तपुरको लागि नगरपालिकाले चलाएको जनस्वास्थ्य केन्द्र, मध्यपुर थिमिको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक तथा चाँगुनारायणको लागि तिनीहरुले सञ्चालनमा ल्याएको नगरपालिका अस्पतालमा खोप केन्द्र सञ्चालन गरिएको छ । खोप केन्द्रमा २७ जना स्वास्थ्यकर्मी परिचालन हुँदै आएको प्रमुख मिजारल जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);