नेपाल र भारतको संयुक्त सुरक्षाकर्मीको पहलमा दशगजा क्षेत्रमा कोभिड खोप (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपाल र भारतको संयुक्त सुरक्षाकर्मीको पहलमा दशगजा क्षेत्रमा कोभिड खोप (फोटोफिचर)

अनिल पाण्डेय,

बारा । कोभिडको महामारीले सम्पूर्ण विश्व नै अक्रान्त बनिरहेको बेला कोभिड खोपको हाहाकार मचिएको छ । यसैबीच भारतको कोरईया स्थित ७१ नम्बर एसएसबी क्याम्पका सहायक कमाण्डेट अँसल श्रीवास्तवको पहलमा दशगजा क्षेत्र का पिलर ३७७ नजिकका स्थानीयहरुलाई कोभिड खोप लगाईएको छ ।

कोभिडबाट बच्नकोलागि ४५ वर्षभन्दा माथिका सम्पूर्ण स्थानीयलाई सशस्त्र प्रहरी नेपालको सन्फुलवा फर्वाड बेस क्याम्पका ईन्चार्ज सई सुबिलाल थारु र ७१ नम्बर एसएसबी क्याम्पका सहायक कमाण्डेट श्रीवास्तवको सहकार्यमा कोभिड खोप लगाईएको छ ।

नेपालको सन्फुलवा र भारतको चन्द्रमान गाँउमा बस्ने ४० जनालाई पहिलो चरणको कोभिड खोप लगाईएको छ। भने ८४ दिन पछि फेरी दोस्रो चरणको खोप सँचालन गरीने एसएसबीका सहायक कमाण्डेट श्रीवास्तवले जानकारी गराएका छन् ।

सशस्त्र प्रहरी नेपालको बिओपि कबहिगोठका ईन्चार्ज प्रहरी निरीक्षक अम्रित दुलाल र एसएसबीका सहायक कमाण्डेट श्रीवास्तवको नेतृत्वमा कोभिडको प्रकोपबाट विद्यालयहरु बन्द भएकोले साना नानिहरुलाई बिहान र बेलुका एक एक घण्टा टिउसन पनि पठाउने गरीरहेका छन् । ति बच्चाहरुलाई आज कोभिडबाट बच्न साबुन पानिले कसरी हात धुने पनि सिकाईएको थियो ।

नेपाल र भारतको संयुक्त सुरक्षाकर्मीको पहलमा आज कोभिड खोप लगाउनु तथा बच्चाहरुलाई टिउसन पढाउनुले नेपाल र भारतको सम्बन्धमा थप प्रगाढ हने सम्भावना बढेको स्थानीयहरु बताउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);