निर्वाचनमा अधिक खर्च नियन्त्रण गर्न आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २३ कात्तिक । निर्वाचन आयोगले निर्वाचन प्रचार अभियानमा हुने अधिक खर्च नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानका क्रममा अधिक खर्च हुने गरेको पाइएको जानकारी गराउँदै त्यसलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

विहिबार काठमाडौंमा प्रदेश सभा र प्रतिनिधि निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरुले अधिक खर्च गरेकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण गर्नु आयोगको मुख्य चुनौति बताए ।

निर्वाचन आयोगले मतदातासँग उम्मेदवारहरु आफैले आर्थिक लेनदेन गरिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता उम्मेदवारमाथि स्पष्टिकरण लिन लागिएको पनि जनाएको छ ।

निर्वाचन आयोगले समय अभावका कारण मतदात शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले समय कम भएका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताए । उनले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति बनेको बताए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि नगर्न सरकार, राजनीतिक दल र उम्मेदवारहरुलाई सचेत गराउँदै आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बढिमा २५ लाख र प्रदेश सभा निर्वाचनका लागि बढिमा १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था भएपनि करोडौं खर्च निर्वाचनमा हुने देखिएपछि निर्वाचन आयोग चिन्तित देखिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);