लोकतन्त्रको संस्थागत विकासमा प्रेसको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएा छन्।

 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आज आफ्नै निवास महाराजगञ्जमा बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले सो कुरा बताएका छन्।

लोकन्त्रमाथि आइपर्ने खतराका सम्बन्धमा सञ्चार क्षेत्र सदैव सतर्क रहनुपर्ने धारणा व्यक्त गर्दै महामन्त्री डा कोइरालाले भने – “राज्यको चौँथो अंग प्रेसको स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप हुनुहुँदैन।” सञ्चार जगत सदैव स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए।

 

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका सम्बन्धमा कहिल्यै कसैसँग सम्झौता नहुने दृढता व्यक्त गर्दै पत्रकार हकहितका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

कार्यक्रममा काँग्रेस नेता डा. शेखर कोइराला, पूर्व उपप्रधानमन्त्री एवं काँग्रेस नेतृ सुजाता कोइराला, पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, मन्त्री रामकृष्ण यादव, राज्यमन्त्री, काँग्रेसका नेता, महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकारलगायतको उपस्थिति थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);