विपद् व्यवस्थापनका लागि सरकार दीर्घकालीन योजना बनाउन लागि परेको छ : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, ९ भदौ । सरकारले बाढी र डुबान पीडितको राहत, उद्धार तथा पुनर्वासको उचित व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता गरेको छ ।

 

शुक्रवार ब्यवस्थापिका संसद अन्तर्गतको मानव अधिकार तथा सामाजिक न्याय समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई राहत, उद्धार र पुनर्वासको व्यवस्था गर्न सरकार अहोरात्र खटिरहेको दाबी गरेका हुन् । उनले बाढी, पहिरो र डुबान पीडितको उचित व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता अनुसार सक्दो प्रयास गरिरहेको पनि जानकारी दिए ।

 

गृहमन्त्री शर्माले सरकार विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन लागि परेको जानकारी दिएका हुन् । पछिल्लो समय बाढी, पहिरो र डुवान पीडितलाई राहत उपलब्ध गराउन नसकेको भन्दै सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);