ट्रेड युनियनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपयाँ हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ट्रेड युनियनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपयाँ हस्तान्तरण

pm laai sahayog

काठमाडौं, ८ साउन । निजामति कर्मचारीको आधिकारिक संस्था ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितहरुको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी युनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिनु भयो ।

यस अघि औद्योगिक घराना केडिया अर्गानाईजेशनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढि, पहिरो र डुबान पीडितका लागि १५ लाख आर्थिक सहायता प्रधानमन्त्री ओलीलाई उपलब्ध गराएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराएकोमा दुवै संस्थाप्रति आधार व्यक्त गर्नु भएको थियो ।

गत असार २७ गतेबाट ३ दिनसम्मको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दर्जनौले ज्यान गुमाउनु परेको थियो भने दर्जनौ घाइते र हजारौंको संख्यामा विस्थापित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);