एमालेद्वारा बाढी र डुबान पीडितलाई १ करोड राहत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमालेद्वारा बाढी र डुबान पीडितलाई १ करोड राहत

काठमाडौं, ६ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढी र डुबान पीडितलाई राहत स्वरुप करिव १ करोड आर्थिक सहायता उपलब्ध गराएको छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलील मंगलबार  प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी पीडितलाई राहत स्वरुप ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

 

एमालेले पार्टीका सांसदहरुबाट सो राहत रकम संकलन गरेको थियो । पार्टी संसदीय दलका उपनेता सुभाष नेम्वाङले पार्टीका सांसदहरुले राहतका लागि दिएको एक महिनाको तलव बराबरको रकम जम्मा गरी सरकारलाई हस्तान्तरण गरिएको बताए ।

 

त्यस अवसरमा पार्टीका अध्यक्ष ओलीले पीडितलाई राहत उपलब्ध गराउने काममा ढिलाई नगर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

 

एमालेले बाढी र डुबान पीडितको राहत, उद्धार र पुनर्वासको व्यवस्था गर्न तराईका विभिन्न जिल्लामा पार्टीका कार्यकर्ताहरु समेत परिचालन गरिएको जनाएको छ । उपनेता नेम्वाङले बाढी र डुबान पीडितलाई पार्टीको तर्फबाट थप राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);